• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी
दिमागले तपाईको शरिरलाई कसरी व्युताँउछ भन्ने विषयमा वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेका छन् ।स्वीटजरल्यान्डको युनिर्भसिटी अफ वर्नका  वैज्ञानिकहरुको एक अध्ययन टोलीले निन्द्राबाट तीब्र रुपमा व्युताउन जिम्मेवार मानिने एउटा संयन्त्रको आविश्कार गरेको दाबी गरेका छन् । उनीहरुको आविश्कारले निन्द्रा असन्तुलनको चिकित्सकीय उपचारका लागि नयाँ रणनीति र निस्कृय वा अचेत चरणहरुमा सचेतनाको रिकभरीलाई एउटा नयाँ दिशा तर्फ लैजाने विश्वास गरिएको छ ।

निन्द्रा असन्तुलनको सर्वबिबिधतालाई मनन गर्दै प्राध्यापक एन्टोनी एडाम्यान्टिडिस र उनको समूह अनुसन्धान परिणामले ल्याउने सम्भावित अर्थजनक उपलब्धीप्रति उत्साहित भएका छन् । अनुसन्धानकर्ता क्यारोलिना गुटिरेज, हेरिरा र एन्टोनीकोे समूहले भनेको छ, ‘मुसाको दिमागमा एउटा नयाँ चक्रको पहिचान भएको छ जसको सक्रियताले गहिरो निन्द्रामा सुतेको मानिसलाई सजिलै व्युताउन सकिन्छ ।’ शरिरको तापक्रम, भोक, तिर्खा लगायतलाई  नियन्त्रण गर्ने हाइपोथालामस र थालामसको बीचमा रहने यस नयाँ चक्रलाई उनीहरुले उत्तेजित बनाउदा मुसाको निन्द्रा रोकिने गथ्र्यो ।

पछिल्लो समयमा न्युरो अनुसन्धानमा प्रयोग भएका ओप्टोजेनेटिक विधि (कोषलाई नियन्त्रण गर्न प्रकाशको प्रयोग विधि) प्रयोग गरेर सो चक्रले निन्द्रा असन्तुलनका लागि एउटा नयाँ थेरापीको लक्ष्य निर्धारण गरेका थिए ।

‘निदाउने वा प्रष्ट सचेतना नितान्तै सिमित भएकोले यो एउटा उत्साहजनक आविश्कार हो,’ एडामान्टिडिसले भने । उनीहरुको अनुसन्धानले निन्द्रा असन्तुलनका बिरामीलाई थप उपचार गर्न एउटा ब्रेकथ्रु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । समूहले स्पष्ट सचेत अवस्थाहरुबाट बिरामीहरुलाई बाहिर ल्याउन एउटा उपाय सृजना गर्न सक्ने विश्वास गरिएको छ । यस अनुसन्धानको अझै अध्ययन हुन बाँकी रहेको प्राध्यापक एन्टोनी बताउछन् ।
अनलाइनको साहारामा
भविष्यमा यस्तो समय पनि आउनेछ जब तपाईं पानीबाट चल्ने मोटरसाइकलमा सवार हुनुहुनेछ किनभने यस्तो मोटरसाइकल भारतका १० कक्षामा पढ्ने एक छात्रले बनाइसकेका छन् ।

पानीबाट चल्ने विशेषताबाहेक यो बाइकले दिने माइलेज पनि उत्कृष्ट छ । यो मोटरसाइकल एक लिटर पानीमा २५० किलोमिटर चल्दछ । पानीबाट चल्ने भएका कारण यो मोटरसाइकलमा कुनै पनि दुर्घटनाको खतरा हुने छैन । यो बाइकको अर्को विशेषता भनेको यसलाई बनाउन ३,०४० रुपैयाँ खर्च भएको छ ।

नित्याशिष भंडारी नामका यी छात्रले बनाएको यो मोटरसाइकललाई ४२ औँ स्टेट लेभल साइन्स म्याथम्याटिक्स एण्ड इन्भायरमेन्ट एक्जिबिसन–२०१५ मा प्रदर्शनको लागि राखिने बताइएको छ । भंडारीले पेट्रोल बाइकलाई परिवर्तन गरेर त्यसलाई पानीबाट चल्ने बनाएको छ । उनले यो बाइकलाई पानीबाट चलाउनका लागि अक्सी हाइड्रोजन सेलका तीन प्लेट्स ३/७ इन्जिनमा फिट गराए जसले पानीलाई अक्सी हाइड्रोजन ग्याँसमा परिवर्तन गर्ने गर्दछ । यद्यपी, यो बाइकलाई एकपटक स्टार्ट गर्न भने पेट्रोलको आवश्यक पर्छ ।

नित्याशिषका अनुसार यो किटलाई कारमा पनि लगाउन सकिन्छ जसले साना कारहरु निकै सजिलो तरिकाले चलाउन सकिन्छ । यो किटमा समुन्द्री वा डिजिटल वाटको प्रयोग गर्न सकिनेछ । 
अन्तराष्ट्रिय स्पेस स्टेसनमा रहेका अन्तरिक्ष यात्रीहरुले सन् २०१४ भर देखिएका विश्वभरका विभिन्न स्थानहरुलाई तस्विरमा उतारेका छन् । यस अवधिमा उनीहरुले पृथ्वीमा घटेका विभिन्न मौसमसम्बन्धि घटनाहरुलाई तस्विरमा कैदन गर्न सफल भएका छन् ।
रातको समयमा अमेरिकाको पूवी तट

जमिनबाट २२० माइल माथिबाट उनीहरुले सन् २०१४ मा आएका समुद्री आँधीदेखि उत्तरी ध्रुवमा देखिएको नर्दन लाइटस्समेत खिच्न भ्याएका छन् । सन् १९९५ देखि अन्तरिक्ष यात्राहरुलाई डिजिटल क्यामारा दिइने गरिन्छ ।
बोरेनो आँधीको दृश्य

त्यही क्यामाराबाट उनीहरुले यी तस्विरहरु लिएका हुन् । त्यस्ता केही रोचक तस्विरहरु एजेन्सीको सहयोगमा यहाँ प्रस्तुत गरिएको छ ।
अन्तरिक्षयात्रीको तस्विर
कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ ।
कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ ।

कम्पनीका संस्थापक स्टीभ जब्सले बनाएको पहिलो कम्प्युटर ‘एप्पल वान’ ३६.५ लाख डलर अर्थात लगभग ३६ करोड रुपैयाँमा बिकेको छ । स्टिभ जब्सको सुरुवाती दिनमा निर्माण भएको उक्त कम्प्युटरको लिलामी न्यूयोर्कमा आयोजित एक कार्यक्रमका बिच गरिएको थिए । अमेरिकाका एक व्यक्तिले सबैभन्दा बढि रकम करिब ३६ करोड तिरेर उक्त ऐतिहासिक कम्प्युटरलाई आफ्नो पोल्टामा पारेका छन् ।
अब मान्छेले देख्ने सपना पनि पढ्न सकिने भएको छ । उठ्दावित्तिकै धेरैले भुल्ने सपना अब जापानी वैज्ञानिकहरुले पढ्न सकिने बनाएका हुन् ।

जापनी वैज्ञानिकहरुले भनेका छन् की उनीहरुले मानिसले देख्ने सपना पढ्न सकिने तरिका पत्ता लगाएका छन् । एम आर आइ स्क्यानरको सहायताले मान्छेको अवचेतन मनका गोप्य विषयहरुको जानकारी लिन सकिने वैज्ञानिकहरुले भनेका छन् ।

चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेका छन ।

गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिनेछ । 

गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफ्रिकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको छ । यस्कालागि यहा किल्क गर्नुस् ।
सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।

गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।

गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’

कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन् ।

गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो । नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन गर्न खोजिएको बताएका छन । Online
प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।

लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।


‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार आफूलाई एडजस्ट गर्छ ।

सिस्टम मानिसको बस्तुसँग सम्बाद स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले जनाएको छ ।

सूचना प्रविधिको क्षेत्रमा  केही यस्ता  महिला  छन् जसले आफ्नो दमदार उपस्थिति देखाएका छन् । हुनत विश्वको सूचना प्रविधि उद्योगमा पुरुषको भन्दा महिलाकै वर्चस्व रहेको बताइन्छ ।

आइ टी उद्योगमा महिलाको हिस्सेदारी ५७ प्रतिशत रहेको र त्यसमध्ये २७ प्रतिशत महिला कम्प्युटर जगतसँग सम्बन्धित क्षेत्रमा संलग्न रहेको तथ्यांकले देखाएको छ ।

यहाँ केही चर्चित महिलाको नाम उल्लेख गरिएको छ जो प्रविधि जगतमा उच्च ओहोदामा पुगेका छन् :

१. किम पोल्सीः अमेरिकाको क्यालिफोर्नियास्थित सूचना प्रविधिको हव मानिने सिलिकन भ्यालीकी प्रसिद्ध सूचना प्रविधि उद्यमी तथा व्यवसायिक नेतृ ।

२.नोरा डेन्जेलः अमेरिकी आइबिएम कम्पनीकी वरिष्ट उपाध्यक्ष ।

३.भ्यालेन्टिना सालापुराः आइबिएम कम्पनीकी मास्टर इन्भेन्टर तथा सिस्टम आर्किटेक्ट ।

४.डेनी ब्रायन्टः चिप मेकर कम्पनी इन्टेलकी कर्पोरेट भाइस प्रेसिडेन्ट तथा सिआइओ ।

५.उर्सुला बन्र्सः जेरोक्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ।

६. मारिसा माएरः याहु कम्पनीकी अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत ।

७. सेरिल स्यानबर्गः गुगलकी पूर्व कार्यकारी समेत रहेकी स्यानबर्ग हाल फेसबुकको चिफ अपरेटिङ अफिसर छिन् ।

८. भर्जिनिया रोम्टीः आइबिएम कम्पनीकी अध्यक्ष तथा प्रमुख कार्यकारी

९. मेग हि्वटम्यानः एच पि कम्पनीकी प्रमुख कार्यकारी ।

१०.सुसन वज्कीकीः गुगलकी वरिष्ठ उपाध्यक्ष ।

यी बाहेक अरु थुप्रै महिलाहरु पनि छन् जसको नाम यहाँ उल्लेख गर्न नसकिएको हुनसक्छ । तर ती सबैको योगदान सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण छ । 

गोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । खगोलविद्हरुलाई उद्रित गर्दै अनलाइनखबर लेख्छ एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको हो ।

यो तारा झण्डै एक सताब्दी अघि पत्ता लागेको भएपनि ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा भएको तथ्य भने बल्लमात्र पत्ता लागेको हो । अनलाइनखबरका अनुसार यो तारा पृथ्वीभन्दा १८६ प्रकाश वर्ष टाढा छ ।

अमेरिकी खगोलिय समाजका खगोलविद् होवार्ड बोन्डका अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो ।
यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारालाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा एक सन्तानको नीति छ । यो नीतिले जनसंख्या बृद्धिदर नियन्त्रण गर्न सघाएको चिनियाँ अधिकारीहरु बताउँछन् । तर, एक सन्तानको नीतिअनुसार हुर्किएका बच्चा निराशावादी हुँदै गएको एक अध्ययनले देखाएको छ । उनीहरु जोखिम उठाउन डाराउँछन् र उनीहरुमाथि विश्वास गरिहाल्न हुन्न । अष्ट्रेलियाली शोधकर्ताहरुको टिमले चीनमा एक सन्तानको नीति लागू भएपछि र पहिलेका बच्चाहरुको बीचमा तुलना गरेका छन् । शोधमा भाग लिएकाहरुको व्यवहार र व्यक्तित्वको अबलोकन गरिएको थियो ।

शोधका मुख्य सश्लेशक प्रोफेसर लीन्जा क्यामरुन भन्छन्–’हामीले पायौं कि जो मानिस एक सन्तान नीति लागू भएपछि जन्मिए, उनीहरुमाथि विश्वास गर्न मुश्किल हुन्छ र उनीहरुको जोखिम उठाउने हिम्मत कम छ भनेर अनलाईनखबर लेख्छ। जब कि यो नीति लागू हुनु अघि जन्मिएकाहरुमा यो समस्या छैन ।’ क्यामरुनका अनुसार एक सन्तानको नीति लागू भएपछि जन्मिएका चिनियाँ बच्चाहरु इमान्दार र केही सन्की हुन्छन् ।

चीनमा एक सन्तानको नीति सन् १९७९ बाट लागू भएको हो, जसका कारण विवाहित जोडीहरु एउटा मात्र सन्तान जन्माउन पाउँछन् । यस अध्ययनका लागि ४ सय २१ मानिसको सर्वेक्षण गरिएको थियो, जसमा आधाजसो एक सन्तानको नीति लागू भएपछि जन्मिएका र आधा त्यस अघिका थिए ।

हिमाल आरोही तथा फिल्म निर्माता डेभिड बि्रसर्स तथा हिमनदीहरुको बारेमा अनुसन्धान गर्ने एक संस्था ग्लेसियर वर्कस्ले विश्वको सर्वोच्च शिखर सगरमाथाको पछिल्लो अवस्थाका विषयमा जानकारी गराउने गरी सगरमाथा क्षेत्रको विस्तृत तस्वीर तयार पार्न सफल भएका छन् ।

विभिन्न कोणबाट खिचिएका ४७७ वटा तस्वीरको संयोजन गरी उनीहरुले २ अर्ब पिक्सेल साइजको सगरमाथाको एउटा तस्वीर तयार पारेका छन् जसबाट जूम गरी-गरी सगरमाथालाई धित मरुन्जेल हेर्न सकिन्छ ।

सवै तस्विर जोडेर बनाइएको तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्


केइट्रयाक ग्लासियर सन् १९२१ बायाँ र सन् २००८ मा दायाँ
हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई देखाउन यो तस्वीर पर्याप्त छ । साथै उनीहरुले सन् १९२१ यता सगरमाथा क्षेत्रमा भएको परिवर्तनलाई देखाउन विभिन्न तुलनात्मक तस्वीरहरु समेत राखेका छन् । तस्वीरमा रहेको खुम्बु हिमनदीको तस्वीर फोटोग्राफरले यहीवर्ष पूमोरी भ्यू प्वाइन्ट बाट खिचेका हुन् ।

सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका विषयमा अझै प्रष्टसाग देखाउनका माइक्रोसफ्ट र रोयल जियोग्राफिकल सोसाइटीसाग मिलेर प्राप्त तस्वीहरुलाई उच्चस्तरीय प्रविधिको सहायतले अझै दर्शनीय बनाउने काम भइरहेको डेभिडले बताएका छन् । उनले हिमाल आरोहणका क्रममा मात्र नभएर सगरमाथा क्षेत्रमा हेलिकप्टरबाट समेत १ लाख २० हजार भन्दा बढि तस्वीर लिएका छन्।

तस्वीरको तुलनात्मक अध्ययनबाट सगरमाथा क्षेत्रमा हिउँ घट्दै गएको प्रष्टै देखिन्छ । विज्ञहरुले पनि उष्णकिरणका कारण हिमालयको हिउँ पग्लिँदै गएको र भविष्यमा हिमालय क्षेत्र काला पहाडमा परिणत हुने खतरा रहेको बताउँछन् ।

इन्टरनेटमा दिनहुँ करोडौँ इमेल आदान प्रदान हुन्छन् । तर यी मध्ये झण्डै आधाजसो स्पाम इमेल हुन्छन् । कामै नलाग्ने स्पाम मेल आफ्नो इमेल ठेगानामा आउँदा तपाइँ पनि दिक्क हुनुभएको छ होला ।
वास्तवमा स्पाम मेलमा खासगरी कम्पनीहरुका विज्ञापन वा विभिन्न प्रकारका अफर तथा सूचनाहरु देख्न पाइन्छ जो उक्त इमेल प्रापकको सरोकारको विषय हुँदैन । कहिलेकाहीँ यस्ता स्पाम मेल खतरनाक पनि हुन्छन् अर्थात् यी स्पाम मेलमा भाइरस पनि पठाइन्छ ।

नेपाली पुस्तकहरू अब विश्वका कुना कुनामा इन्टरनेटका माध्यमबाट पढ्न पाइने भएको छ । पाण्डुलिपि बुक्सले आइतबारेदेखि ई-पुस्तक बिक्री थालेको छ । संस्थाले हाल जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा', कृष्ण धरावासीको 'पाण्डुलिपि', नयनराज पाण्डेको 'लू' र श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' वेबसाइटमा राखेको छ । यी पुस्तक डब्लूडब्लूडब्लू डट पाण्डुलिपिबुक्स डट कम वा डब्लूडब्लूडब्लू डट ई-बुक्स डट कम डट एनपीमा गई निश्चित रकम तिरेपछि पढ्न सकिनेछ ।

नेपाली पुस्तकलाई बृहत् विद्युतीय पुस्तक संग्रहका रूपमा विकास गर्ने पाण्डुलिपि बुक्सको लक्ष्य रहेको कार्यकारी निर्देशक दीपक कथितले बताए । 'सामाजिक सञ्जालको बढ्दो प्रयोग र नेपालीको व्यापक बन्दै गएको बसोबासका कारण नेेपाली साहित्यको दायरा पनि फराकिलो बनाउनु जरुरी छ,' बुक्सद्वारा जारी विज्ञप्तिमा छ ।
आठ सय १४ वर्ष अघि नेपालका हिमालय क्षेत्रमा गएको महाभूकम्प फेरि फर्कन सक्ने एक अध्ययनले दाबी गरेको छ । फ्रान्स, सिंगापुर र नेपालका भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले नेपालमा सन् १२५५ साल जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प नेपालका हिमालय क्षेत्रमा पुनः फर्कने सक्ने देखाएको हो ।

अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो ।
नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको छ । भ्रष्टाचार सम्बन्धी नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ७६ वटा राष्ट्रमा गरेको सर्वेक्षणपछि बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपाल मुलुकमध्ये १ सय ३९ औं स्थानमा परेको हो ।  बढी भ्रष्टाचार हुने मुलुकलाई क्रमशः सूचीमा तल्लो स्थानमा राखिएको छ । एक सय सूचाङक राखेर मुल्यांकन गरिएको सय अंकले न्यून र ० अंकले अधिकतम भ्रष्टाचार जनाउँछ । नेपालले २७ अंक प्राप्त गरेको छ ।

डेनमार्क, फिनल्याण्ड, नयुजिल्याण्ड कुल एक १ सय मध्ये ९० अंक प्राप्त गरी कम भ्रष्टाचार हुने सूचीम छन् । अफगानिस्तान, उत्तर कोरिया र सोमालिया ८ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टचार हुने मुलकका रुपमा सूचिकृत भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा बंगलादेश र आफगानिस्तान  नेपाल भन्दा पछाडि छ । भुटानले  ६४, श्रीलंकाले ४०, भारतले ३६, पाकिस्तानले २७ र बंगलादेशले २६ अंक प्राप्त गरेका छन् ।

राजनीतिक संक्रमणको बहानामा सरकार, राजनितक दल र नेतृत्व भ्रष्टाचार नियन्त्रणमा गम्भीर हुन नसकेको प्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । अघिल्लो वर्ष १ सय ८३ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ५४ औं स्थानमा थियो ।

एक पटक कल्पना गर्नुस् त, यस्तो एउटा एक कम्प्युटर, जो तपाईको टेवलमा डिब्बा आकारमा ठडिने छैन, त्यहाँ माउस र किबोर्ड पनि हुने छैन । मोटरसाइकलको हेल्मेटजस्तै तपाईको टाउकोमा बाध्न सकिन्छ र आबाजकै भरमा चलाउन सकिन्छ ।

सरकारले एकसय ३० रेडियोलाई सञ्चालनका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा थप रेडियो सञ्चालनका लागि १ सय ३० रेडियोलाई सञ्चालन सिफारिस गरिएको हो । दुर्गम तथा रेडियोको संख्या कम भएका जिल्लामा एफएम सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक टोलीले रेडियो सञ्चालन गर्न सिफारिस गरेको हो ।
मंगल ग्रहमा जीवको थप खोजी गर्न नासाका बैज्ञानिकहरुले पठाएको क्युर्योसिटी सफलतापूर्वक अवतरण गरिएको छ ।
मंगल ग्रहमा सुरक्षित अबतरण भएको यानले त्यहाँको थप जानकारी हासिल गर्न सहयोग पुर्याउने बैज्ञानिकको दाबी छ । यो अभियानका लागि २ दशमलब ५ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । लामो तयारी पछि यो  रोवर्टलाई मगंल ग्रह पठाइएको हो ।

बैज्ञानिक स्टेल्त्नेरको समूहले  रोवर्टलाई मंगल ग्रहमा सुरक्षित अबतरणका लागि रकेटको मद्दतबाट एउटा क्रेन पनि त्यसतर्फ पठाएको थियो ।
 स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको हो । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगल ग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।

उक्त यान यसरी अवतरण गरेको थियो


यस्तो थियो यानको दृष्यहरु 

के हो क्यूरियोसिटीः 

६ खुट्टा भएको क्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति औसत ३० मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ । उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ ।
यो रोवर्टलाई नासाले २६ नोभेम्बर २००१ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस९५ नामक रकेटबाट प्रक्षेपण गरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम९२३८ को प्रयोग गरिएको छ ।






पुराना सामग्री मूलपेज
View all
Get your own
Henkhama The Earth
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट
पेजमेनु
  • मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरन्जन
  • तपाइको चौतारी
  • विविध
पपुलर पोष्ट
  • रुघाखोकी र घाँटीको खसखसबाट कसरी जोगिने ?
  • दुबी रोग, उपचार
  • लसुनको फाइदा र बेफाइदा
  • नेपाल विद्युत प्राधिकरणको Loadshedding Schedule
  • एपेन्डिक्स भनेको के हो ? यस्का लक्षणहरु
  • स्मरण शक्ति बढाउने ५ उपाय
  • सुताइको सहस्य
  • जडिबुटी:सिस्नु घरिया र ऐंसेलु
  • थोरै खाएर आफ्नो जीवनलाई खतरामा
  • नमस्ते खोटाङ बृतचित्र
आर्काइभ
  • ►  2010 (4)
    • ►  November (1)
    • ►  December (3)
  • ►  2011 (68)
    • ►  February (2)
    • ►  March (4)
    • ►  April (1)
    • ►  July (10)
    • ►  August (22)
    • ►  September (6)
    • ►  October (5)
    • ►  November (10)
    • ►  December (8)
  • ►  2012 (94)
    • ►  January (5)
    • ►  February (10)
    • ►  March (11)
    • ►  April (3)
    • ►  May (10)
    • ►  June (3)
    • ►  July (14)
    • ►  August (8)
    • ►  September (3)
    • ►  October (6)
    • ►  November (2)
    • ►  December (19)
  • ►  2013 (19)
    • ►  January (5)
    • ►  February (2)
    • ►  March (9)
    • ►  April (1)
    • ►  May (1)
    • ►  August (1)
  • ►  2014 (14)
    • ►  February (1)
    • ►  June (6)
    • ►  December (7)
  • ►  2015 (30)
    • ►  January (6)
    • ►  March (7)
    • ►  April (1)
    • ►  June (1)
    • ►  August (1)
    • ►  September (3)
    • ►  December (11)
  • ►  2016 (28)
    • ►  January (13)
    • ►  February (7)
    • ►  March (8)
  • ►  2017 (1)
    • ►  February (1)
  • ▼  2018 (2)
    • ►  August (1)
    • ▼  October (1)
      • गर्भावस्थामा पिउनैपर्ने जुस
©: सञ्जिवनी २०१५

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |